Logo

पर्यटक लक्षित यातायात सेवा संचालनमा, पर्यटकको बसाई लम्ब्याउन पूर्वधारमा जोड

पर्यटक लक्षित यातायात सेवा संचालनमा, पर्यटकको बसाई लम्ब्याउन पूर्वधारमा जोड



काठमाडौं । पर्यटकिय नगरी पोखरा र रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट जोड्ने गरी बिहीबारदेखि पर्यटक लक्षित यातायात सेवा सञ्चालनमा आएको छ । पोखरामा आउने पर्यटकलाई रुपाकोट रिसोर्टसम्म आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

laxmi

सेवा सञ्चालन कार्यको उद्घाटनमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको पर्यटनमा माच्छापुच्छ्रे, फेवाताल, बेगनास तालजस्ता स्थल र प्राकृतिक सम्पदा मात्र देखाएर यहाँको पर्यटन दिगो र प्रभावकारी बन्न नसक्ने बताए ।

पर्यटक लक्षित नयाँनयाँ पूर्वाधार विकासका साथै पर्यटनमैत्री वातावरणका माध्यमबाट मात्रै पर्यटकको बसाइ लम्ब्याउन सकिने उनको भनाई छ। रुपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले पोखरा र रुपाकोटलाई जोड्न पर्यटक लक्षित यातायात सेवा सञ्चालन गर्न लागिएको बताए ।

फेवाताल किनारास्थित द कल्चर रिसोर्टबाट रुपाकोटसम्म आवतजावत गर्ने गरी दुवैतर्फ ६÷६ चरणमा सुविधासम्पन्न सवारीसाधनका माध्यमबाट विभिन्न प्याकेजसहित यातायात सेवाको व्यवस्था मिलाइएको जिसीले बताए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL