Logo

सुनको मूल्यमा एकैदिन ४६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा एकैदिन ४६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ८३ हजार ५ सयमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले घट्दै १९ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्