Logo

दोस्रो जहाजले १० दिनमै उडान भर्ने

दोस्रो जहाजले १० दिनमै उडान भर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता । नेपाल वायुसेवा निगमको दोस्रो जहाज ‘वाई–१२’ काठमाडौं आइपुगेको छ । लामो समयको प्रतिक्षा पछि सोमबार दिउँसो २ बजे त्रिभुवन अन्तरराष्ट्रि विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलमा जहाँजको स्वागतका लागि पर्यटन सचिव सुरेशकुमार श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत उ चिन्ताइलगायत उच्च अधिकारीहरु पुगेका थिए । जहाजलाई पण्डितद्वारा पुजा गरेर भित्र्याइएको थियो ।

जहाजलाई चिनिया पाइलट द्वय क्याप्टेन रावर्टस ल्याम्वर्टस र क्याप्टेन मारिया एभिचन्दोन्कले त्रिभुवन विमानस्थलमा अवतरण गराएका थिए । यस अघि एमए–६० जहाज बैशाख १४ गते नेपाल ल्याइएको थियो । हाल निगमले उक्त जहाज सुगम स्थानमा उडान भर्दै आएको छ । नयाँ जहाज आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा संचालन अनुमतिपत्रका लागि यथासक्दो चाडो काम अघि बढाइने निगमले बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL