Logo

यसै बर्ष अप्टिकल फाइबर विछ्याउन विकास समितीको निर्देशन, अन्तरराष्ट्रिय आबद्धता शुल्क समयानुकुल बनाउन आदेश

यसै बर्ष अप्टिकल फाइबर विछ्याउन विकास समितीको निर्देशन, अन्तरराष्ट्रिय आबद्धता शुल्क समयानुकुल बनाउन आदेश


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता।
२३ कात्तिक, काठमाडौं । नेपालभर अप्टिकल फाइबर नेटवर्किङ् विस्तार गर्ने निर्णयलाई यसै बर्ष सुरू गर्न विकास समितीले सुचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारको विकास समिती सचिवालयमा बसेको बैठकले अप्टिकल फाइबर बिछ्याउन बाँकी रहेका क्षेत्रहरूमा काम सुरू गर्न निर्देशन दिएको हो ।

समितीले ग्रामिण दुरसञ्चार कोषमा जम्मा भएको रकमलाई दुरसञ्चार विकासमा तत्काल लगाउन आदेश समेत दिएको छ । नेपाल दुरसञ्चार प्राधिकरका अनुसार अहिले कोषमा करिब १० अर्ब रूपैयाँ सङ्कलन भएको छ ।
समितीले हाल नेपालमा सञ्चालनमा रहेका तथा अनुमतीप्राप्त कम्पनीहरूको सेवा तथा कार्यक्रमका बारे जानकारी गराउन मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको छ । नेपाल भित्रने टेलिफाने कल शुल्क(अन्तरआबद्धता) महङ्गो भएको प्रसङ्गमा समेत यसलाई समयानुकुल सहज बनाउन समितीले आदेश दिएको छ । दुरसञ्चार सेवालाई सहज र गुणस्तरीय बनाउन समेत समितीको बैठकले जानकारी गराएको छ ।

दुरसञ्चार तथा इण्टरनेट सेवा प्रदायकले सहरमा रहेका घरहरूको छतमा रहेका अग्ला टावरहरूले मानवीय जोखिम बढाएकोले त्यसलाई सहज बनाउन समेत समितीको निर्देशन छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL