Logo

एप्स निर्मातासँग एनसेलको गोष्ठी, थोरै लगानीमा बढी आम्दानी

एप्स निर्मातासँग एनसेलको गोष्ठी, थोरै लगानीमा बढी आम्दानी


रामराजा श्रेष्ठ
0
Shares

एनसेल एप क्याम्प २०१४ मा छनोट भएका एप्स निर्मातालाई यसको बजार सम्भावनाबारे एनसेलले जानकारी दिएको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गर्दै एनसेलले यस क्षेत्रका विशेषज्ञ मार्फत १ सय ५० ओटा नयाँ एप्स निर्माताको समुहलाई प्रतिस्पर्धा तथा यसको बजारिकरणबारे जानकारी गराएको हो । कार्यक्रममा क्यास अन एड प्रालिका अध्यक्ष विश्वास ढकालले एप्स निर्माण गर्नु ठूलो विषय नभएपनि यसको आवश्यकता र आम्दानी गनृ सक्ने विशेषताको पहिचान ठूलो विषय रहेको बताए । ‘विश्वमा सानो समुहले निर्माण गरेका एप्लिकेसनले अरबौं डलर आम्दानी गर्न सफल भएका छन्’ उनले भने ‘बजारको आवश्यकता पहिचान गरेकै कारण उनीहरू यसरी सफल भएका हुन् ।’ उनले व्यक्तिगत अथवा संस्थागत प्रयोजनको लागि निर्माण गरिने एप्लीकेसनमा सोही किसिमका विशेषता समावेश हुनुपर्ने तथा सामाजिक सञ्जालको प्रयोग गर्न सुझाव दिएका थिए । नेपालमा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएकोले एप्स निर्माताका लागि प्रशस्त बजार सम्भावना रहेको गोल्छा अर्गनाइजेसनका अध्यक्ष सञ्जय गोल्छाले बताए । नेपालमा एप्लिकेसन निर्माणमा लगानी भित्राउन विभिन्न कम्पनीहरू ईच्छुक देखिन थालेको फोकस वान नेपालका कार्यकारी निर्देशक आदीश श्रेष्ठले बताए । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले सुचना प्रविधिको विकासमा नेपालमा सरकारी निकायबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको बताए । कार्यक्रममा अन्य वक्ताहरूले नेपालमा एप्सको बजारीकरणको नेपालमा सम्भावना बढेको बताएका थिए । एनसेलका अनुसार आवेदन परेका ४ सय ५७ आवेदक मध्य १ सय ५० समुहलाई प्रतिस्पर्धाका लागि छनौट गरिएको छ । छनोट भएका समुह मध्य प्रत्येक विधामा ६ ओटा गरी २४ ओटा समुहलाई अन्तिम प्रतिस्पर्धामा सहभागि हुनेछन् । विधागत विजेता समुहले २ लाख ५० हजार तथा विजेताले ५ लाख रूपैयाँ पाउनेछन् । त्यस्तै विजेतालाई अन्तरराष्ट्रिय एप्लिकेसन सम्मेलनमा सहभागिताको अवसर समेत प्रदान गरिने एनसेलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL