Logo

टीआइएमा चरा धपाउन ‘एभिन रोडार’, चालु आवभित्र जडान गरिने

टीआइएमा चरा धपाउन ‘एभिन रोडार’, चालु आवभित्र जडान गरिने


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

१ असोज ,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपासमा ‘एभिन रोडार’ मेसिन जडान गरिने भएको छ । विमानसँग चरा ठोक्किएर विभिन्न समयमा भएको दुर्घटनालाई दृष्टिगत गर्दै नयाँ प्रविधि जडान गर्न लागिएको विमानस्थलका महाप्रवन्धक
वीरेन्द्र श्रेष्ठले बताए ।

‘विमान अवतरणका क्रममा चराचुरुङगीबाट हुनसक्ने खतराबाट बच्न नयाँ प्रविधि भित्र्याउन लागेका हौं’ उनले भने । सो रोडारको मद्दतले विमानस्थल वरिपरिका चरा र बाँदर धपाउनका साथै तीनीहरुको गतिविधि थाहा पाउन सकिन्छ ।

विमानस्थलमा रहेका प्राविधिकहरुले सो रोडारबाट प्राप्त सूचना पहिले नै विमान चालकलाई उपलब्ध गराउछ । विमान चालकले विमान अवतरण गर्नु आगावै विमानस्थलमा चरा रहे नरहेको थाहा पाउने भएकोले दुघर्टना नहुने श्रेष्ठ बताउँछन् ।
यसमार्फत विमानस्थलको १७ किलोमिटर वरपर रहेको चराचुरुङगीको सूचना पाउन सकिन्छ ।

३० करोड पर्ने सो मेसिनमा क्यामेरा पनि जडान गरिएको हुन्छ । जसले कस्तो प्रकारको चरा कुन दिशा तिर गएको बारे जानकारी दिन्छ ।

श्रेष्ठका अनुसार चालु आर्थिक बर्षभित्र सो मेसिन जडान गरिने योजना छ । ‘बजेट पास हुनासाथ रोडार खरिद प्रक्रिया सुरु गर्ने छौं’ उनले भने ।रोडार खरिदका लागि आवश्यक विवरण सहितको प्रापोजल सम्वन्धित निकायमा पुर्याइसकेको श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विभिन्न एयरलाइन्स कम्पनीहरुले गुनासो गरेपछि यो प्रविधि भित्र्याउन लागिएको हो ।

हाल विमानस्थलमा चरा,बाँदर तथा मुसाबाट बच्न अपनाइएको सुरक्षाका उपाय परम्परागत भएकोले त्यसलाई विस्तारै परिमार्जन गरिने बताइएको छ ।

हाल विमानस्थलको सुरक्षाका लागि हतियार सहितका सिकारी परिचालन गरिएको छ । विमानस्थलले चरा धपाउनकै लागि ६ जना गुलेली सहितका सिकारी राखिएको छ । बाँदर धपाउन बन्दुकलगायत हतियार लिएका प्रहरी जवानहरु पनि खटाइएको उनले जानकारी दिए । ‘बाँदर बन्दुक तथा लठ्ठीबाट नडराउने भएकोले गुलेली सहितको जवान खटाइएको हो ’ महाप्रवन्धक श्रेष्ठले भने । उनका अनुसार हाल विमानस्थल वरपर रहने बाँदरलाई धपाउनमा लागि मात्र ३ जना सिकारी खटाइएको छ । तर प्राविधिक रुपमा भने त्यति उपयोगी नभएको उनले बताए । त्यसले गर्दा अन्तरराष्ट्रिय क्षेत्रमा समेत प्रचलनमा आएको प्रविधि कार्यन्वयनमा ल्याउन लागेको बताए ।

विमानस्थलले आन्तरिक सुरक्षाका अन्य कार्यक्रम समेत ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL