Logo

सुविसु क्यान सफ्टेक भदौ १७ देखि, सफ्टवेयरको विकासमा टेवा पुर्याउने उद्देश्य

सुविसु क्यान सफ्टेक भदौ १७ देखि, सफ्टवेयरको विकासमा टेवा पुर्याउने उद्देश्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

२८ साउन,काठमाडौं । सुबिसु क्यान सफ्टेक २०१५ इन एसोसिएसन विथ एक्सेस वल्र्ड’  भदौ १७ गतेदेखि हुने भएको छ ।

नेपाललाई सफ्टवेयर सोलुसन तथा सर्भिसेजको क्षेत्रमा बैकल्पिक गन्तव्यवको रुपमा चिनाउन सहयोग गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको आयोजक कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले जानकारी दिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको सो एक्स्पोमा स्वदेशी तथा विदेशी सफ्टवेयर,सर्भिसेस एण्ड सोलुसन्स् र कम्युनिकेशन सम्वन्धि कम्पनिहरुले भाग लिने छन् ।

सो एक्स्पोका लागि ७० प्रतिशत स्टल निश्चित भइसकेको मेला संयोजक रोमकान्त पाण्डेले बताए । जसमा सफ्टवेयर,कम्प्युटर शिक्षा, बैंकिङ, एन्टिभाइरसलगायत सफ्टवेयरहरु रहेका उनले जानकारी दिए । त्यस्तै सोलुशन क्षेत्रका वायरलेश सोलुसन्स, पावर सोलुशन्सहरु पनि प्रर्दशनमा राखिने बताइएको छ ।

caan

सफ्टेकको १ लाख ५० हजारले अवलोकन गर्ने अनुमान आयोजकको छ । एक्स्पोमा प्रवेश शुल्क सर्वसाधारणका लागि ५० र विद्यार्थीका लागि २५ रुपैयाँ तोकिएको छ । साथै कलेज तथा स्कुलको पत्र सहित आएमा टिकटदरमा छुट दिइने बताइएको छ ।

नेपालमा सफ्टवेयर महत्वपूर्ण उद्योगको रुपमा विकास भए पनि ती कम्पनीहरुले त्यति रुचि नदेखाएका कारण सफ्टेकमा कम्प्युटर, ल्यापटपलगायत अन्य हार्डवेयर सम्वन्धि सामग्री राख्न बाध्य भएको क्यानका अध्यक्ष इन्जिनियर बिनोद ढकालले बताए ।
‘नेपालका सफ्टवेय कम्पनीहरुले आउटसोर्सिङ गरिरहेका छन् ,’ उनले भने  ‘यहाँ बजार नदेखेकोले गर्दा पनि एक्स्पोमा आएका छैनन् । ’

साथै केही कम्पनीको इनकम थोरै भएकोले पनि एक्स्पोमा सहभागिता नदेखाएको उनको भनाई छ ।

सो अवसरमा उनले सूचना प्रविधिलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे । ‘कुल ग्राह्यस्थ उत्पादनमा भुमिका रहेको यस उद्योगलाई सरकारले प्राथमिकतामा नराखेकै कारण सोचेजस्ते अघि बढ्न सकिएको छैन् ’ उनले भने । सुविसुले मुख्य प्रायोजन गरेको सो एकस्पोको एशोशिएट स्पोन्सरका रुपमा एक्सेस वल्र्ड टेक प्रालि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL