Logo

फेसबकुक ह्याकर पक्राउ, अपरिचित ब्यक्तिको एसएमएसको प्रतिक्रिया नदिन आग्रह

फेसबकुक ह्याकर पक्राउ, अपरिचित ब्यक्तिको एसएमएसको प्रतिक्रिया नदिन आग्रह


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२३ असार,काठमाडौं । फेसबुक ह्याक गरी दुरुपयोग गर्ने राहुल बाल्मिीकीलाई प्रहरीले पक्राउ गरेको छ । महिलाहरुको फेसबुक अकाउण्ड ह्याक गरी उनीहरुको फेसबुक फ्रेण्डहरुलाई फेसबुक मार्फत गलत सुचना दिने , चरित्र हत्या गर्ने, यौन दुर्व्यबहार गर्ने तथा ह्याक प्रोफाईल फिर्ता गर्न रकम समेत माग गर्ने कार्यमा संलग्न भएको आरोप छ ।

उनलाई नेपालगंजबाट पक्राउ गरी हनुमानढोका महानगरिय प्रहरी परिसरमा ल्याइएको छ ।

उनले विभिन्न कलेज तथा विधालयमा अध्ययनरत छात्राहरु एवं मोडलिङ क्षेत्रमा काम गर्ने करिव ४० जना मोडलहरुको फेसबुक ह्याक गरेको पाइएको छ ।

साथै विद्युतिय उपकरणमा अपरिचित फेसबुक,इमेल, एसएमएस, बिद्युतीय उपकरणहरुमा अपरिचित ब्यक्तिको फेसबुक, ईमेल, एस.एम.एस. रिक्वेष्ट वा मोवाइल नम्वरबाट आएका कुनै पनि बिद्युतीय अनुरोधहरुलाई यकिन नगरीकन कुनै किसिमको प्रतिकृया नजनाउन हुन महानगरीय अपराध महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL