Logo

टेलिकमले दियो महिला स्वयमसेवलाई निःशुल्क सिम र रिम, ५२ हजार जना लाभान्वित हुने

टेलिकमले दियो महिला स्वयमसेवलाई निःशुल्क सिम र रिम, ५२ हजार जना लाभान्वित हुने


रामराजा श्रेष्ठ
27
Shares

बिजखब संवाददाता

२४ चैत, काठमाडौं । नेपाल टेलिकमले ७५ वटै जिल्लाका महिला स्वास्थ्य स्वयंसेविकालाई सिमकार्ड र रिमकार्ड निःशुल्क दिने भएको छ । आज टेलिकमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकासँग एक सम्झौता गरी सवै महिला स्वयंसेविकालाई निःशुल्क सिम र रिम वितरण गर्न लागेको हो ।

टेलिकमका अनुसार हिमाली तथा पहाडी क्षेत्रका ३७ जिल्लामा कार्यरत २० हजार सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १ सय रुपैयाँको टक भ्यालु भएको २० हजार थान सिमकार्ड वा रिमकार्ड वितरण गर्ने सम्बन्धमा नेपाल टेलिकम र स्वास्थ्य मन्त्रालय बीच गत वर्ष सम्झौता भई सिम तथा रिम वितरण गर्ने कार्य भइरहेको छ । हाल सो कार्यलाई ७५ वटै जिल्लामा विस्तार गर्न लागिएको हो । बाँकी ३८ जिल्लाका करिव ३२ हजार स्वयं सेविकाहरुलाई समेत सिम वा रिमकार्ड वितरण गर्ने गरी यो सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले कम्पनीको सानो सहयोगले विशेष गरी ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यमा ठूलो योगदान पुग्ने बताए । भविष्यमा अन्य क्षेत्र समेत पहिचान गरी मन्त्रालय र टेलिकमका बीचमा समन्वय गरी थप कार्य गर्न इच्छुक रहेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका सचिवशान्ता बहादुर श्रेष्ठले स्वास्थ्य विकासको एउटा पक्ष भएको र यसमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपुर्ण भूमिका भएको भन्दै नेपाल टेलिकमको सहयोगले उनीहरुमा थप स्वयंसेवी भावना जागृत गराउने बताए । उक्त अवसरमा कम्पनीका नायब प्रबन्ध निर्देशक तथा वरिष्ठ अधिकृतहरु र मन्त्रालयका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।

आगामी दिनमा देशभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई निःशुल्क रुपमा नेपाल टेलिकमको सिम वा रिमकार्ड वितरण गरिने छ । सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न सेवा प्रदान गर्नका लागि यी सिम वा रिमकार्डको प्रयोग गरिनेछ ।
नेपाललाई स्वास्थ्य क्षेत्रमा सहश्राब्दी विकास लक्ष्य हासिल गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण योगदान रहेको तथ्यलाई स्मरण गर्दै नेपाल टेलिकमले यस किसिमको सहयोगलाई थप विस्तार गरेको हो । सो कार्यबाट ग्रामीण तहसम्म रहेर स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको कार्य अझ प्रभावकारी हुनेछ भने समुदायमा रहेका सर्वसाधारण जनताले दूरसञ्चार सेवाको उपयोग गरी छिटो, सरल तथा सहज रुपबाट स्वास्थ्य सेवा प्राप्त गर्न सकिने टेलिकमको भनाइ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL