Logo

सिडिएमए चल्ने ग्यालेक्सी एसफोर बजारमा , मूल्य रु १२ हजार

सिडिएमए चल्ने ग्यालेक्सी एसफोर बजारमा , मूल्य रु १२ हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ फागुन, काठमाडौं । इन्टिग्रेटेड मोविलीटी सोलुसन्स९ आइएमएस० ले सिडिएमए सपोर्ट गर्ने नयाँ स्मार्ट फोन सार्वजनिक गरेको छ । शुक्रवार एक कार्यक्रमविच ग्यालेक्सी एस फोर नामक सो स्मार्टफाने सार्वजनिक गरिएको हो ।

नेपालमा सिडीएमए सिमको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मोवाइल भित्र्याइएको आईएमएसका अध्यक्ष दिपक मलहोत्राले बताए । सिडिएमए सिम राख्न मिल्ने व्राण्डेड तथा स्मार्टफाने नभएकोले सो सेट सार्वजनिक गरिएको उनले जानकारी दिए । नेपालको भौगोलिक बनावटले गर्दा सिडिएमए सिम जिएसएमको तुलनामा उपयोगी रहेको उनको दावी छ ।

सो अवसरमा नेपाल टेलिकमका कार्यकारी निर्देशक बुद्धिप्रसाद आचार्यले विकट स्थानहरुमा डाटा सहितको सेवा पुर्याउने उद्देश्यले आइएमएससँग सहकार्य गरेको बताए । ४ इञ्चको डिस्प्ले भएको सो स्मार्टफोनमा सिडीएमए र जीएसएम दुवै सिए एकै पटक प्रयोग गर्न मिल्छ । यसमा ३ मेगापिक्सलको क्यामरा तथा भिजीए क्यामरा छ ।

१ दशमलव २ गिगाहर्ज प्रोसेसर भएको सो फोनमा ४ जीवीको मेमोरी, ५ सय १२ एमवी रयाम तथा १ हजार ५ सय एमएएचको व्याट्रिलगायत सुविधा छन् । सो मोवाइलको बजार मूल्य १२ हजार तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL