Logo

नेपाली युवाले बनाएको ‘सगुन’ विश्वभर सार्वजनिक, लगइन गर्दा ५ डलर कमाइने

नेपाली युवाले बनाएको ‘सगुन’ विश्वभर सार्वजनिक, लगइन गर्दा ५ डलर कमाइने


बिजखबर संवाददाता
27
Shares

बिजखबर संवाददाता
१३ फागुन,काठमाडौं । नेपाली युवा गोविन्द गिरीले सगुन एप्लिकेशन नामक सामाजिक सञ्जाल सार्वजनिक गरेको छ । सगुन डटकमको बुधवार अमेरिका,भारत तथा नेपालमा एकै पटक सार्वजनिक गरिएको थियो । सो सामाजिक सञ्जालमा फेसबुक ट्वीटर इन्स्ताग्रामलगायतमा जस्तो सुविधा छ । सगुन इंकको सो वेवसाइटमा खाता खोल्ने, साथी बनाउने तथा  सेक्रेट म्यासेज पठाउने गर्न सकिन्छ । यसो गर्दा प्रयोगकर्तालाई सगुन सोसल कार्ड दिने बताइएको छ ।  जसको प्रयोगबाट ग्राहकलाई अनलाइन सपिङ तथा अनलाइन मार्फत उपहार प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताले खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा ५ डलर प्राप्त गर्छ । त्यस्तै जति नयाँ साथि बनाउन सक्यो त्यति पैसा कमाइने सहायक संस्थापक राजु कट्टेलले बताए । सो रकम निश्चित समयपछि सगुन इंकले आधिकारिकता प्रदान गरेका खुद्रा विक्रेतासँग आफ्नो स्मार्ट कार्ड प्रयोग गरेर सपिङ गर्न सकिने उनले जानकारी दिए ।
कार्ड प्रयोगकर्ताको प्रोफाइल सगुन एप्समा समावेश गरिएको हुन्छ । यससँगै रहेको ‘मी’ पेजले प्रयोगकर्ताको व्यवसायिक उपलब्धि हासिल गर्न र समाजिक जीवनको प्रभाव बढाउने मद्दत गर्नेछ । यसअघि सगुनले सिक्रेट र ‘अकेजन’ एप्लिकेशन लञ्च गरिसकेको छ । जसमा प्रयोगकर्ताले तस्वीरमार्फत उनीहरुको व्यक्तिगत क्षण एक अर्कामा साटासाट गर्न सक्छन् ।  सगुनमा हालसम्म १ लाख १६ हजार रजिष्ट्रर्ड प्रयोगकर्ता भएको बताइएको छ ।
सगुन इंकका संस्थापक गोविन्द गिरीले नेपाली तथा सिंगो विश्वको लागि नयाँ प्रविधिको प्रयोग गर्ने अवसर दिन पाउँदा आफू निकै उत्साहित भएको बताए । सगुनले भारतमा पनि आफ्नो डाटा सेन्टर स्थापना गर्न लागेको छ  । साथै  भारतकै  इन्डियन इन्स्टिच्युट अफ टेक्लोलोजीसँग सहकार्य गर्दैछ । सूचना प्रविधि क्षेत्रमा दक्षता हासिल गरेका दश जना व्यक्तिले भारतको नयाँ दिल्लीमा यसका लागि काम गरिरहेका छन् । सगुनले ३ महिनापछि मोवाइल भर्सन पनि सञ्चालनमा ल्याइने बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL