Logo

नेपाल टेलिकमको फोरजी सेवा आइतवारदेखि, युनिभर्सल सिममा मात्र चल्ने

नेपाल टेलिकमको फोरजी सेवा आइतवारदेखि, युनिभर्सल सिममा मात्र चल्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बहुप्रतिक्षित फोरजी सेवा आइतवारदेखि शुरु हुन लागेको छ । नेपाल टेलिकमले नेपालमै पहिलोपटक यसप्रकारको सेवा सञ्चालन गर्न लागेको हो । फोरजीको सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले उद्दघाटन गर्नेछन् ।

टेलिकमको सो फोरजी ग्राहकले भने केही समयपछी मात्र चलाउन पाउनेछन् । व्यवसायीक शुरुवातको केही समयभित्र काठमाडौं तथा पोखरामा रहेका टेलिकमका सेवाग्राहीले फोरजीको मज्जा लिन सक्ने बताइएको छ ।

फोरजी सञ्चालनका लागि फ्रिक्वेन्सी व्यवस्थपन तथा नेटवर्क अपग्रसनलगायत काम सकिएको सह प्रवक्ता सोभन अधिकारी बताउँछन् । टेलिकमले १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा टेक्नोलोजी न्युटालिटी गरेर फोरजी सञ्चालन गर्न लागेको हो ।

टेलिकमको पुराना सिममा फोरजी सेवा चल्दैन । तर पछिल्ला वर्षमा बिक्री गरेको युसिम (युनिभर्सल सिम)मा भने फोरजी चल्ने कम्पनीले जानकारी दिएको छ । टेलिकमका ग्राहकले आफ्ना पुरानो सिम कम्पनीमा गएर नयाँसँग साँटी फोरजी चलाउन सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL