Logo

नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षका लागि २५ जनाको आवेदन, यी हुन् आवेदनकर्ताहरु

नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षका लागि २५ जनाको आवेदन, यी हुन् आवेदनकर्ताहरु



काठमाडौं । नेपालमा दूरसंचार क्षेत्रको नियामकिय निका नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष बन्नका लागि २५ जनाले आवेदन दिएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यसका लागि आवेदन दिने अन्तिम दिन (आइतबार)सम्म २५ जनाले यो पदमा आवेदन दिएका हुन् ।

laxmi

गत पुस २४ गते नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजिनामा स्वीकृत भएसँगै हालसम्म प्राधिकरणको उक्त पद रिक्त छ । सोही दिन बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरण बोर्ड सदस्य नवराज अधिकारीलाई कार्यबाहक अध्यक्ष नियुक्त गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा प्राधिकरणको अध्यक्ष चयनका लागि समिति गठन गरेको थियो ।

उक्त समितिले गत हप्ताको आईतबार मात्रै ७ दिनको अवधि राखेर प्राधिकरणको अध्यक्षका लागि आवेदन माग गरेको थियो । तर, उक्त आवेदन माग गरिएको सार्वजनिक सूचना नै दूरसंचार नियमावलीविपरित भएको पाईएको छ । जसका कारण मन्त्रालयले निकालेको आवेदन नियमावली विपरीत योग्यता तय गर्दै स्वघोषणा फारम तयार गरेर नियुक्तिको सूचना निकालेको भन्दै सर्वोच्चमा मुद्दा दायर भईसकेको छ ।

मन्त्रालयको सूचना नै कानुन विपरित भएको भन्दै अधिवक्ताहरु अनन्तराज लुईटेल, प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा रिट निवेदन दायर गराएका हुन् ।

रिटमा कानुन, लेखापरीक्षण तथा व्यवस्थापनको क्षेत्रका व्यक्तिलाई पन्छाएर संस्थानको राजपत्रांकित प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको व्यक्तिलाई मात्र दरखास्त दिन पाउने व्यवस्था गरिएको बताइएको छ ।

रिट निवेदनमा सरकारी वा संस्थानका अधिकृतलाई मात्र अवसर दिने गरी दरखास्त आह्वान गरिनु कानुन विपरित रहेको दाबी गरिएको छ । हाल यो मुद्धा विचाराधिन अवस्थामा छ ।

प्राधिकरणको अध्यक्ष बन्नका लागि मन्त्रालयमा मैनेजर प्रसाद कानू, रोहित रौनियार, देवनारायण यादव, सुरेश कुमार कार्की, प्रकाश बराल, नगेन्द्र कुमार दास, नन्द बिक्रम अधिकारी, माधव प्रसाद रेग्मी, सागरनाथ उपाध्याय, डोलेन्द्र प्रसाद रेग्मी, रामदेव यादवले आवेदन दिएका छन् ।
यस्तै लक्ष्मी प्रसाद पण्डित, सुशिल ओझा, नबिन जिसी, गिरेन्द्र राज अधिकारी, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी, भुपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्ण प्रसाद सिटौला, श्रीकृष्ण सुबेदी, जनार्दन भट्ट, चित्रसिंह बुढाथोकी मगर, कमल प्रसाद खनालले पनि आवेदन दिएका मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL