Logo

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ, अनुसन्धानका लागि अदालत पुर्याईयो

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ, अनुसन्धानका लागि अदालत पुर्याईयो



काठमाडौं । नेपाली राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले गएराति काठमाडौंबाट उनलाई पक्राउ गरेको हो ।

laxmi

भट्टलाई उनकै सहकर्मी साझेदारहरूले आपराधिक विश्वासघात गरी प्रतिलिपि अधिकारको उलङ्घन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । टुटल बिक्री गरेर भट्टले आफूले मात्रै लाभ लिएको आरोप सहकर्मीहरुले लगाएका थिए । सोही अनुसार प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ । उनलाई म्याद थपका लागि अदालत लगिएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL