Logo

पानासोनीकका ४ नयाँ मोडल नेपाली बजारमा, मुल्य ७ देखि २२ हजारसम्म

पानासोनीकका ४ नयाँ मोडल नेपाली बजारमा, मुल्य ७ देखि २२ हजारसम्म


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पानासोनीकका ४ नयाँ मोडलमा मोवाइल नेपाली बजारमा भित्रिएको छ । पानासोनीकका नेपालका लागि विक्रेता एलाइड ट्रेड लिंकले नेपाली बजारमा पानासोनिकका नयाँ स्मार्टफोन भित्राएको छ ।

कम्पनीले पानासोनीक टि–४४, टि–५०, आर्क र मार्क गरी ४ मोडलका फोन नेपाली बजारमा भित्राएको छ । सो फोनको बजार मुल्य ७ हजार रुपैयाँदेखि २२ हजार रुपैयाँसम्म रहेको छ । कम्पनीले नेपाली बजारमा भित्र्याएको टि–४४ को सवैभन्दा कम ६ हजार ९ सय ९० बजार मुल्य निर्धारण गरिएको छ भने सवैभन्दा बढी मार्कको २१ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

उक्त फोनहरुमा उच्च क्षमताको व्याट्रि हुनुका साथै ५ देखि १३ मेगा पिक्सेलका क्यामेरा रहेका छन् । यसैगरी, टि–४४ र टि–५० मोडलको मोवाइलमा १ जिवी र्याम र ८ जिवीको मेमोरी तथा आर्क र मार्कमा २ जिबी र्याम र १६ जिबी मेमोरी रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL