Logo

माइक्रोसफ्टको अहिलेसम्मकै ठूलो खरिद ‘डिल’ नेपालको तीन बर्षको बजेट बराबर लिङ्क्डइनमा खर्चने

माइक्रोसफ्टको अहिलेसम्मकै ठूलो खरिद ‘डिल’ नेपालको तीन बर्षको बजेट बराबर लिङ्क्डइनमा खर्चने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कम्प्युटर सिष्टम निर्माता माइक्रोसफ्टले आफ्नो इतिहासमा अहिले सम्मकै सबैभन्दा ठूलो खरिद प्रक्रियालाई टुङ्गो लगाएको छ । जागिरेहरूा लागि उपयुक्त मानिने सामाजिक सञ्जाल ‘लिङ्क्डइन’ खरिद गर्ने सम्झौता पछि माइक्रोसफ्टले यो इतिहास रचेको हो ।

अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार २६ अर्ब २० करोड डलरमा माइक्रोसफ्टले यो सामाजिक सञ्जाल खरिद गर्ने भएको हो । यो रकम नेपालको आगामी बर्षको बजेट आकारलाई आधार मान्ने हो भने करिब तीन बर्षको बजेट बराबरको हुन जान्छ ।

लिङ्क्डइनको पछिल्लो स्टक मुल्य भन्दा प्रति सेयर ५० प्रतिशत बढी रकम दिएर माइक्रोसफ्ट खरिद गर्ने निर्णयमा पुगेको हो ।

यस अनुसार लिङ्क्डयनको प्रति सेयर बापत माइक्रोसफ्टले १६५ डलर खर्च गर्नेछ । लिङ्क्डइनलाई व्यावसायिक सुचनाको डाटाबेसको रूपमा विकास गर्ने माइक्रोसफ्टको योजना छ ।

दुई कम्पनीले मिलेर पछि नयाँ किसिमको सेवा समेत सुरू गर्नेछन् जसले मानव संसाधन तथा बिक्रि शाखामा काम गर्ने व्यक्तिलाई सहयोग पुर्याउनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL