Logo

डिजिटल भुक्तानीमा भारत बन्यो विश्वकै नम्बर एक, यी हुन् टप फाइभ देश

डिजिटल भुक्तानीमा भारत बन्यो विश्वकै नम्बर एक, यी हुन् टप फाइभ देश



काठमाडौं । डिजिटल लेनदेनको मामिलामा भारतले ठूलो प्रगति हासिल गरेको छ । डिजिटल माध्यमबाट हुने कारोबारको मामिलामा भारत विश्वमा शीर्ष स्थानमा पुगेको छ ।

laxmi

सन् २०२२ को तथ्यांकअनुसार सन् २०२१ को तुलनामा भारत सबैभन्दा अगाडि रहेको छ । भारतको डिजिटल भुक्तानीमा ९१ प्रतिशतले वृद्धि भएको छ । डिजिटल पेमेन्टको मामिलामा भारतले चीनलाई पनि धेरै पछाडि छोडेको छ । भारतमा ८९.५ मिलियन डिजिटल कारोबार गर्दै भारत शीर्ष स्थानमा छ ।

भारत पछि ब्राजिल यो सूचीमा ब्राजिल २९.२ मिलियन कारोबारसहित दोश्रो, चीन १७.६ मिलियनसहित तेश्रो, थाइल्याण्ड १६.५ मिलियन कारोबारसहित चौथो र लक्षिण कोरिया ८ मिलियन कारोबारसहित पाँचौ नम्बरमा छन् । यी देशहरू डिजिटल भुक्तानीको मामिलामा केही वर्षअघिसम्म भारतभन्दा अगाडि थिए ।

अब यी चार देशको तथ्यांकलाई जोडेर हेर्दा पनि भारत धेरै अगाडि छ । चीन कुनै समय डिजिटल भुक्तानीको मामिलामा नम्बर एक थियो । सन् २०१० मा चीनको डिजिटल भुक्तानी सबै देशभन्दा बढी थियो । त्यतिबेला चीनको डिजिटल कारोबार १११९ मिलियन थियो । भारत दोस्रो नम्बरमा थियो, जसको ३७० मिलियन कारोबार थियो । योसँगै अमेरिका तेस्रो नम्बरमा थियो जसको डिजिटल कारोबार १५३ मिलियन थियो ।

पछिल्लो समय भारतमा डिजिटल भुक्तानी तीव्र गतिमा बढिरहेको छ । सन् २०१० देखि भारतमा डिजिटल भुक्तानीले गति लिएको छ । सन् २०१४ पछि यसमा निकै उछाल आएको थियो । सन् २०२३ को आगमनसँगै भारतको डिजिटल भुक्तानीको ग्राफ तीव्र गतिमा बढिरहेको छ । अर्कोतर्फ डिजिटल भुक्तानीको मामिलामा चीनको ग्राफ खस्किएको छ । भारतले यतिबेला ८९.५ मिलियनको अंक पार गरेको छ ।

सन् २०२२ को तथ्यांकअनुसार भारतमा सबैभन्दा धेरै डिजिटल भुक्तानीहरू बेंगलुरुमा भइरहेको छ । दिल्ली दोस्रो नम्बरमा छ । यसपछि डिजिटल भुक्तानीको मामिलामा मुम्बई नम्बरमा छ । बेंगलुरुले सन २०२२ मा ६५०० करोड भारुको २९ मिलियन लेनदेन रेकर्ड गरेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL