Logo

टेलिकमको लिज कनेक्टिभिटीको शुल्क ३६ प्रतिशतसम्मले घट्यो, इन्टरनेट लिज लाइन अब १६ सयमै

टेलिकमको लिज कनेक्टिभिटीको शुल्क ३६ प्रतिशतसम्मले घट्यो, इन्टरनेट लिज लाइन अब १६ सयमै



काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरेको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको टेलिकमले जानकारी दिएको छ ।

यसअन्तर्गत टेलिकमले इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २ हजार ५ सय रुपैयाँ रहेकोमा अब १ हजार ६ सय रुपैयाँ मात्रै हुनेछ । यस्तै २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २ हजार ३ सय रुपैयाँ बाट घटाएर १ हजार ६ सय रुपैयाँ नै कायम गरिएको टेलिकमले जानकारी दिएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २ हजार १ सय र १ हजार ९ सय रुपैयाँ रहेकोमा अब दुवैको महशुल दर १ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २ हजार ७ सय रुपैयाँ रहेकोमा अब २ हजार ४ सय रुपैयाँ र ११ देखि १०० एमबीपीएसको २ हजार ४ सय रुपैयाँ रहेकोमा अब २ हजार १ सय र १०० एमबीपीएस भन्दा बढीको २ हजार १ सय रहेकोमा अब १ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL