Logo

कोरोनाविरुद्धको लडाईमा थप उपलब्धि : बैज्ञानिकले पत्ता लगाए मानव शरिरमै कोरोना लाग्नुअगावै रोक्ने ‘सुपर एन्टिबडी’

कोरोनाविरुद्धको लडाईमा थप उपलब्धि : बैज्ञानिकले पत्ता लगाए मानव शरिरमै कोरोना लाग्नुअगावै रोक्ने ‘सुपर एन्टिबडी’



काठमाडौं । हालै क्यालिफोर्नियाका वैज्ञानिकहरुले मानव शरिरमा कोरोना भाईरसको सबैभन्दा खराव तत्वसँग लड्ने एक शक्तिशालीप् एन्टिबडी पत्ता लगाएका छन् ।

laxmi

कोरोना भाईरसविरुद्धको खोप निर्माण गर्ने चरणमा उक्त एन्टीबडी पत्ता लगाईएको वैज्ञानिकहरुको भनाई छ । तर यसले मानव शरिरमा प्रतिरोधी गुण भने नदेखाउने औषधि विज्ञ नीता अग्डेन बताउँछन् ।

तर, आफुहरुले उक्त एन्टिबडीलाई भाईरससँग जुध्नका लागि सशक्त बनाउने प्रक्रियाको खोजी गरिरहेको उनको भनाई छ । वैज्ञानिकले पत्ता लगाएको उक्त सुपर एन्टिबडीले कोरोना भाईरसमा भएको प्रोटिनमा आक्रमण गर्ने गर्दछ । जसका कारण कोरोनाको भाईरस मानव शरिरमा भएको कोषहरुमा प्रवेश गर्ने गर्दछ । मानव शरिरमा भएको उक्त एन्टीबडीले भाईरसलाई मानव कोषमा प्रवेशमा रोक लगाउँदछ ।

तर, नन न्युट्रलाईजिंग कोरोना भाईरस एन्टिबडी हालसम्मका संक्रमितमध्ये ७५ प्रतिशत संक्रमितमा पाईएको छ । र न्युट्रलाईजिंग एन्टीबडी भने ५ प्रतिशतभन्दा कममा पाईएको छ । र वैज्ञानिकहरुले मानव शरिरमा यसलाई बढाउन ठूलो प्रयास गरिरहेका छन् । जसमार्फत उक्त एन्टिबडी मानव शरिरमा राख्न सकियोस ।

बैज्ञानिकहरुका अनुसार भाईरस शरिरमा प्रवेश गरेको ११ देखि २१ दिन पछि मात्रै संत्रmमण हुने हो । तर कहिलेसम्म संक्रमण रहिरहन्छ भन्ने एकिन भएको छैन । र हाम्रो शरिरमा भएको एन्टीबडीले पनि कतिदिनसम्म सक्रिय रुपमा कहिलेसम्म काम गर्छ भन्ने सकिने अवस्थाा छैन । र एन्टीबडीलाई शरिरमा बढाउन या क्लोनिंग गर्न पनि आवश्यक रहेको छ ।

विभिन्न राष्ट्रहरुले तथा कम्पनीहरुले कोरोना भाईरसविरुद्धको एन्टीबडी निर्माण गर्ने औषधि बनाउन प्रयास गरेपनि सफल हुन सकेका छैनन । तर, निमोनियाजस्ता रोगहरुका लागि भने केही सकारात्मक भूमिका खेल्ने स्पष्ट भएको छ । source : yahoonews.com

प्रतिक्रिया दिनुहोस्
MBL