Logo

यस्तो आउँदैछ वामपन्थी सरकारको नीति तथा कार्यक्रम, समेटिएला चुनावी घोषणापत्र ?

यस्तो आउँदैछ वामपन्थी सरकारको नीति तथा कार्यक्रम, समेटिएला चुनावी घोषणापत्र ?



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि आज (सोमबार) नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बहुमत प्राप्त वामपन्थी सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सम्बृद्ध नेपाल शुखी नेपाली’ नाराको मर्म र भावना अनुसार नीति तथा कार्यक्रम ल्याउन लागि उच्च स्रोतले जानकारी दिएको छ ।

उक्त नीति तथा कार्यक्रमलाई आज राष्ट्र पति विद्यादेवी भण्डारीले संसदमा पेश गर्ने कार्यक्रम रहेको छ । जसमा देशभित्र ठूला पूर्वाधार निर्माणदेखि सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिईने भएको छ । अबका दिनमा देशभित्रै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरुप उद्योग कलकारखाना खोल्नलाई प्रोत्साहनका साथै सोही अनुरुप दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षालाई प्राथमिकता दिइने भएको छ ।

प्रधानमन्त्री ओलीले पटक पटक उठान गर्दै आएका र भारत र चीन भ्रमणको वेलामा भएको सम्झौता अनुरुप रेलमार्ग र जलमार्गलाई पनि नीति तथा कार्यक्रमले उच्च प्राथमिकता दिने भएको छ । यसैगरी हरेक नेपालीलाई जलविद्युतको सेयर भन्ने अबधारणा अनुरुप ऊर्जाको विकासका लागि पनि नीति तथा कार्यक्रमको प्राथमिकता पर्ने सम्बद्ध स्रोतको भनाई थियो ।

यसैगरी वामगठबन्धको चुनावी घोषणापत्रमा समावेश भएका महत्वाकाक्षी योजनाहरुलाई पनि नीति तथा कार्यक्रमले समेट्ने भएको छ । जसका शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जना लगायतका कार्यक्रमलाई बढि प्राथमिकता दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL