Logo

कांग्रेस नेता प्रदीप पौडेलको घरमा बम विष्फोट

कांग्रेस नेता प्रदीप पौडेलको घरमा बम विष्फोट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । कांग्रेस युवा नेता प्रदीप पौडेलको तनहुँस्थित घरमा बम विष्फोट भएको छ । शनिबार बिहान ५ बजेतिर उनको तनहुँको गणपतेस्थित घरमा बम बिष्फोट भएको हो ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेल तनहुँ क्षेत्र नम्बर २ (क)का उम्मेदवार समेत हुन् ।

उनको घरको आँगनमा बम विष्फोट भएको थियो । घरका सबै सदस्य सकुशल रहेको र घरमा भने सामान्य क्षति भएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

बम कसले विष्फोट गरायो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL