Logo

एनआरएनए अध्यक्षमा त्रिपक्षीय भिडन्त, घलेले गरिन् उम्मेद्वारी घोषणा

एनआरएनए अध्यक्षमा त्रिपक्षीय भिडन्त, घलेले गरिन् उम्मेद्वारी घोषणा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही शनिवार हुने निर्वाचनको अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । आजै मात्र अध्यक्ष पदमा जमुना घलेले उम्मेदवारी घोषणा गरेसँगै त्रिपक्षीय भिडन्त हुने पक्का भएको हो ।

अध्यक्षमा उठ्नका लागि केही समय अघि देखि आन्तरिक तयारीमा जुटेकी घलेले काठमाडौंमा एक कार्यक्रमकाबीच आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । एनआरएनएका आइसीसी सदस्य जमुना घले हालका अध्यक्ष शेष घलेको श्रीमती हुन् ।

एनआरएनको अध्यक्षमा यस अघि भवन भट्ट र टिवी कार्कीले उम्मेदवारी घोषणा गरिसकेका छन् । अक्टोवर १४ अर्थात शनिवारदेखि काठमाडौंको हायत होटलमा हुने एनआरएनको आठौं सम्मेलमा घले र भट्टले प्यानल नै बनाएर चुनावनी मैदानमा उत्रिएका छन् भने कार्कीले अध्यक्ष पदमा मात्र उम्मेदवारी घोषणा गरेका छन् ।

घलेको प्यानलबाट महासचिव पदमा त्रिलोक गुरुङले उम्मेदवारी दिएका छन् भने भट्टको प्यानलबाट बद्री केसीले उम्मेदवारी दिएका छन् ।

यसैगरी उपाध्यक्षहरुमा भट्टको प्यानलबाट उपाध्यक्षमा कुमार पन्त र रहेका छन् भने घले टिममा सोनाम लामा र खगेन्द्र जिसी रहेका छन् । उपाध्यक्षमै उम्मेदवारी घोषण गरेका चिरञ्जीवी थापा भने अहिलेसम्म दुवै प्यानलमा रहेको स्रोतले बताएको छ ।

यसैगरी महिला उपाध्यक्षमा सपिला राजभण्डारी भट्ट प्यानल र रन्जु वाग्ले घले प्यानलबाट उठ्ने तयारी गरेकी छिन् ।

एनआरएनका अनुसार भट्टलाई पूर्व अध्यक्ष द्वय डा. उपेन्द्र महत्तो र जीबा लामिछानेको समर्थन रहेको छ भने घलेलाई पूर्व अध्यक्ष देवमान हिराचन र संघका संरक्षक इन्द्रा बनको समर्थन रहेको छ ।

किन बदलियो एनआरएनएको समिकरण ?, अध्यक्षमा भवन भट्ट र जमुना घले भिड्दै !

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL