Logo

२६ खर्ब २२ अर्ब नाघ्यो सरकारले तिर्न बाँकी ऋण, कुन दातृ निकायबाट कति ?

२६ खर्ब २२ अर्ब नाघ्यो सरकारले तिर्न बाँकी ऋण, कुन दातृ निकायबाट कति ?



काठमाडौं । चालु आर्थिक बर्षको बैशाखसम्म नेपालले तिर्न बाँकी ऋण २६ खर्ब २२ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाख मसान्तसम्म सरकारको बाँकी ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको हो । यसमा सरकारले लिएको बाह्य ऋणको हिस्सा १३ खर्ब ५५ अर्ब रुपैयाँ छ भने १३ खर्ब ६६ अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको छ । सरकारले हालसम्म तिर्न बाँकी रहेको ऋण कुल गार्हस्थ उत्पादनको ४२.९४ प्रतिशत हो ।

खासगरी नेपालले यस अवधिसम्म विश्व बैंक, एशियाली विकास बैंक, एआइआइबीलगायतका निकायहरुबाट ऋण लिएको देखिन्छ । कार्यालयको तथ्यांकलाई आधार मान्दा चालु आवको बैशाख मसान्तसम्म एशियाली विकास बैंकबाट मात्रै नेपालले ४ खर्ब हाराहारीमा ऋण लिएको देखिन्छ ।

यस्तै यसै अवधिमा एशियाली इन्फ्रास्ट्रक्चर बैंक (एआइआइबी)बाट नेपालले यसै अवधिमा १ अर्ब ६८ करोड ऋण लिँदा विश्व बैंक अन्तर्गतको अन्तरराष्ट्रिय विकास संघ (आइडीए) बाट साढे ६ खर्ब बढी ऋण लिएको देखिन्छ । यस्तै अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट ६५ अर्ब ७३ करोड, कृषि विकासका लागि अन्तरराष्ट्रिय कोष (आइएफएडी) बाट १ अर्ब, इआइबी बाट १९ अर्बलगायत ऋण लिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्