Logo

अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वको सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने देश, नेपालमा पनि वैदेशिक लगानी घट्यो

अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वको सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने देश, नेपालमा पनि वैदेशिक लगानी घट्यो



काठमाडौं । चीनले सन् २०२० मा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याएको छ । संयुक्त राष्ट्रसंघीय संस्था युएनसिटिएडीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चीनमा गत वर्ष १६३ अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी आएको हो ।

laxmi

सन् २०१९ मा अमेरिकाले २५१ अर्ब डलर वैदेशिक लगानी भित्र्याएको थियो भने चीनमा १४० अर्ब डलरमात्र आएको थियो । गत वर्ष भने अमेरिकामा १३४ अर्ब डलर लगानी भएको छ । चिनियाँ अर्थतन्त्रले गत वर्ष २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीन संसारभरि कोरोना महामारी फैलिएका बेला सन् २०२० मा सकारात्मक आर्थिक वृद्धि गर्ने ठूला अर्थतन्त्रमध्ये एकमात्र राष्ट्र बनेको छ । अमेरिकासँगको व्यापार युद्ध जारी रहेका बेला कोरोना महामारीको सबैभन्दा बढी मार खेपेपनि चीनले अर्थतन्त्रमा आश्चर्यजनक सुधार गरेको हो ।

पूर्वी एसियाली मुलुकमा सन् २०२० को एक तिहाइ वैदेशिक लगानी गएको छ भने विकसित देशमा अघिल्लो वर्षभन्दा ६९ प्रतिशतले घटेको छ ।

नेपालमा भने पछिल्लो ५ महिनामा प्रत्यक्ष बैदेशिक लगानीमा गिरावट आएको छ । । आर्थिक वर्ष २०७७–७८ को मंसिर महिनासम्म विदेशी लगानीमा २२ दशमलव ९ प्रतिशतले कमी आएको छ । यो आवको मंसिर महिनासम्म बिदेशी लगानीमा दर्ता भएका उद्योगको संख्यामा गत आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले कमी आई १०८ उद्योग दर्ता भएका छन् ।

सो उद्योगमा कुल प्रस्तावित लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ९ प्रतिशतले कमी आई रु २१ अर्ब ११ करोड़ रहेको छ। गत आर्थिक अर्षको मंसिर मसान्तमा विदेशी लगानीका कुल ११४ उद्योग दर्ता भई कुल प्रस्तावित विदेशी लगानी रू २७ अर्थ ३६ करोड़ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL