Logo

२ दिनमा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

२ दिनमा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार पनि ५ सय रुपैयाँले नै उकालो लागेको हो ।

laxmi

पछिल्लो २ दिनमा लगातार १ हजार रुपैयाँले सुनको मूल्य बढ्दा आज सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोवार भएको छ । चाँदी प्रतितोला आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL