Logo

एनआरएन विश्व सम्मेलनको तयारी पुरा, ७१ देशबाट १५ सय जना सहभागी हुने

एनआरएन विश्व सम्मेलनको तयारी पुरा, ७१ देशबाट १५ सय जना सहभागी हुने


बिजखबर संवाददाता
0
Shares

गैरआवासीय नेपाली संघ एनआरएनएको सातौं अधिवेशन तथा विश्व सम्मेलन असोज २७ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।‘एनआरएनएः राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ भन्ने नारासहित सुरु हुन लागेको यो सम्मेलन भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको सहभागीतामा केन्द्रीत हुने बताइएको छ ।

सोमबार काठमाडौंमा आयोजीत पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो असोज २७ र २८ गते संघको अधिवेशन हुनेछ भने २९ र ३० गते विश्व सम्मेलन आयोजना हुनेछ ।

अधिवेशनले संघको नयाँ कार्यसमिति चयन गर्नेछ । यसका लागि २७ गतेदेखि चुनावी प्रकृया सुरु हुने संघले जानकारी गराएको छ । त्यस्तै विश्व सम्मेलनको २९ गते राष्ट्रपति डा। रामवरण यादवले उदघाटन गर्ने संघका अध्यक्ष शेष घलेले जानकारी दिए । सम्मेलनमा भाग लिन ७१ देशबाट १५ सय जना सहभागी हुने बताइएको छ ।

मुलुक भूकम्पले ग्रस्त भएको बेलामा यतिको सहभागिता रहनु उत्साहजनक रहेको अध्यक्ष घलेले बताए । सम्मेलनमा करिब १५ सयभन्दा बढी डेलिगेटहरु आउँदा होटल, पर्यटन तथा सेवा क्षेत्रमा प्रत्यक्ष सकरात्मक प्रभाव पर्ने उनको भनाई थियो ।

सम्मेलन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र एनआरएनको संयुक्त पहलमा आयोजना हुन लागेको हो । सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्रीले गर्ने संघका अध्यक्ष घलेले जानकारी दिए । सम्मेलन भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित हुने बताइएको छ । ‘आगामी दुई वर्ष हामी पुनर्निर्माणमा केन्द्रित हुनुपर्छ’ अध्यक्ष घलेले भने( ‘हामीले अधिवेशन र सम्मेलनबाट पैसा बचाएर पुनर्निर्माणमा लगाउने घोषणा गरेका छौं ।’ रजिष्ट्रेशन, प्रायोजक लगायतबाट करिव २ करोड आम्दानी हुने जानकारी दिँदै अध्यक्ष घलेले एक करोड रुपैयाँभन्दा बढी खर्च नगर्ने बताए

संघले भूकम्पबाट घरबार बीहिन भएकालाई एक हजार घर निर्माण गरिदिने घोषणा गरेको छ । घर बनाउन आइतबार नेपाल सरकार र संघबीच सम्झौता भएको छ ।
आगामी दुई वर्षभित्र सम्पूर्ण घरहरु निर्माण गरेर हस्तान्तरण गरिसक्ने अध्यक्ष घलेले प्रतिवद्धता जाहेर गरे । साथै, संघको आफ्नै भवन निर्माणमा जोड दिइने उनको भनाई थियो ।

संविधानमा एनआरएनलाई बिशेष नागरिकता दिने व्यवस्था गरिएकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL