Logo

नेपालमा कोरोना : आइतबार थप १६६९ मा कोरोना पुष्टि, १६ जनाको मृत्यु, ५ हजार ६९९ निको भए

नेपालमा कोरोना : आइतबार थप १६६९ मा कोरोना पुष्टि, १६ जनाको मृत्यु, ५ हजार ६९९ निको भए



काठमाडौं । नेपालमा आइतबार थप एक हजार ६६९ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६९ संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३२१ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ९९ हजार २४ जना डिस्चार्ज भएका छन् ।

आजसम्म १६ लाख ६० हजार ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर ६८६ जना क्‍वारेन्टिनमा रहेका छन् । यससँगै कुल संक्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL