Logo

इन्धन अभावले तत्कालै उडान नघट्ने, ‘वैकल्पिक उपाय छ’ टिआइए

इन्धन अभावले तत्कालै उडान नघट्ने, ‘वैकल्पिक उपाय छ’ टिआइए


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
११ असोज,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले इन्धन अभावका कारण तत्कालै उडान नघट्ने बताएको छ ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएको अवस्थामा आफुहरुसँग वैकल्पिक उपाय भएको विमानस्थलका महाप्रवनधक वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।‘अन्तरराष्ट्रिय उडानका वायुसेवा कम्पनीलाई नजिकको अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर उडान गर्नेलगायत वैकल्पिक व्यवस्थाका लागि अनुरोध गरेका छौं’ उनले भने ।

साथै आफुहरुसँग भएको इन्धनले केही दिन आन्तरिक उडान गर्न सकिने उनले जानकारी दिए ।

आइतवार आयोजित समिक्षा गोष्ठिमा  यस्तो बताइएको हो । अन्तरराष्ट्रिय कम्पनीलाई वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएका कारण तत्काल हवाई यातायातमा असर नपुग्ने विमानस्थल व्यवस्थापनले स्पष्ट पारेको छ । अन्तरराष्ट्रिय विमानले उतैबाट तेल भरेर ल्याउने छ न् । श्रेष्ठका अनुसार इन्धन अभावले वाइड बडीको जहाजलाई असर नपारेपनी न्यारो बडीलाई भने समस्या हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL