Logo

सीमानामा गडबड नगर्न भारतलाई चीनको चेतावनी, शान्ति खलबल्याए युद्ध हुने

सीमानामा गडबड नगर्न भारतलाई चीनको चेतावनी, शान्ति खलबल्याए युद्ध हुने


रामराजा श्रेष्ठ
0
Shares

८ असोज,काठमाडौं । चिनियाँ सेनाले दुवै देशको सीमाक्षेत्रमा गडबडी नगर्न भारतलाई चेतावनी दिएको छ । विवादास्पद भूमि लद्दाखस्थित सीमानामा आफूले राखेका सीसी क्यामेरासहितका अस्थायी संरचना भारतीय सेनाले हटाइएको भन्दै यस्तो चेतावनी दिएको हो ।

लद्दाख क्षेत्रमा चीनले बनाएका अस्थायी ढाँचाका संरचना भारतीय सेनाका जवानले केही दिनअघि हटाएका थिए । चीनीयाँ सेनाले भारतीय सेनालाई सीमावर्ती इलाका स्थिरता र शान्ति खलबलिने काम गरेमा युद्धको अवस्था निम्तने समेत चेतावनी दिएको छ ।

चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल वु कियानले पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । ‘भारतीय सेनाले सीमानामा रहेका हाम्रा भौतिक संरचना भत्काइदिने काम दुबै पक्षबीचको समझौता र सहमतिको प्रतिकल छ’ उनले भने

युले दुवै देशका सरकारले गरेको सहमति अनुसार सीमाक्षेत्रमा शान्ति कायम गर्नु दुबै देशका सेनाको दायित्व रहेको उल्लेख गरे ।

उनले भारतीय सेनालाई लक्षित गर्दै इमान्दारीपूर्वक दुइ देशबीचको सहमति पालना गर्न पनि आग्रह गरे ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL