Logo

काठमाडौंमा पुनः जोरविजोर प्रणाली लागू गरिने, १२ बर्ष तल र ६० वर्ष माथिकालाई बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौंमा पुनः जोरविजोर प्रणाली लागू गरिने, १२ बर्ष तल र ६० वर्ष माथिकालाई बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । सरकारले पुनः जोरविजोर प्रणाली गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा संक्रमण फैलन नदिन फेरि जोर विजोर प्रणाली लागू गर्न लागिएको बताएका हुन् ।

यस्तै उनले बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने बताएका हुन् ।

पछिल्लो समय लकडाउनलाई ख्यालख्याली रुपमा लिँदा यसले भयाबह रुप लिन लागेको बताउँदै उनले अझै कडाईमा ध्यान दिने बताएका हुन् । पछिल्लो समय कोरोना भाईरसका संक्रमित थपिँदै जाँदा उपत्यका झन खतरायुक्त भएको छ ।

सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरी संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए। लकडाउन खुकुलो भएपछि मानिसहरुको चहलपहल बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनको भनाई थियो। काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको उनले बताए।

मन्त्री ढकालले सीमा बाहिरबाट आउने वयक्तिहरुलाई होल्डिङ क्वारेन्टाइनमा राख्ने र परीक्षण गराउने काम भएको र विदेशबाट प्लेनमा आउनेहरुलाई पनि ५ दिन सम्म काठमाडौंमा राखेर परीक्षण गरेपछि मात्रै स्थानीय क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएकाले त्यो जोखिम कम रहेको बताए

मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमता सरकारसँग रहेको पनि जानकारी दिए। यस्तै उनले अबदेखि १२ बर्ष मुनिका र ६० बर्षमाथिका नागरिकलाई घरबाहिर ननिस्कन समेत आग्रह गरेका छन् । उक्त उमेरसमुहका नागरिकहरु कोरोनाको उच्च संक्रमणमा रहने बताउँदै उनले बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL