Logo

टिआइएको आम्दानी साढे २ अर्वले बढ्यो, विकाश शुल्कबाट मात्र १ अर्व ५९ करोड

टिआइएको आम्दानी साढे २ अर्वले बढ्यो, विकाश शुल्कबाट मात्र १ अर्व ५९ करोड


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

laxmi

२७ भदौ,काठमाडौं । विमानस्थलले विकाश शुल्क लागुगरेपछी त्रिभुवन विमानस्थलको आम्दानी बढेको छ । आर्थिक बर्ष २०७२\२०७३ विमानस्थलको आम्दानी करिव २ अर्व ५० करोडले बढेको विमानस्थलका महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले बताए । अघिल्लो आवमा विमानस्थलको आम्दानी ४ अर्वमा सिमित थियो ।

गत आवमा विमानस्थलको आम्दानी ६ अर्व ७१ करोड ५२ लाख ९१ हजार ६ सय आम्दानी भएको उनले जानकारी दिए । ‘जसमध्ये विमानस्थल विकाश शुल्कबाट मात्र १ अर्व  ५९ करोड ८६ लाख ७ हजार उठेको थियो ।’
श्रेष्ठका अनुसार सो आम्दानी लक्ष्य भन्दा निकै बढी हो ।

‘विमानस्थलले गत आवदेखि विमान स्थल विकाश शुल्क लिन थालेकोले आम्दानीमा बृद्धि भएको हो’ उनले भने ‘हामीले अहिले आउडगोइङ प्यासेन्जरबाट सो शुल्क उठाउँदै आएका छौं ।’

श्रेष्ठका अनुसार विमानस्थलले प्रत्येक आउडगोइङ प्यासेन्जरसँग विमानस्थल विकाश शुल्क स्वरुप १ हजार रुपैयाँ लिदै आएको छ । यो अन्तरराष्ट्रिय यात्रामा जाने यात्रुको हकका मात्र लागु हुने महाप्रवन्धक श्रेष्ठले जानकारी दिए । सो रकम विमानस्थलको आम्दानीमा जोडिएको छ ।

त्यस्तै गत आवमा जहाज ल्याण्डिङबाट मात्र ८० करोड ३० लाख २० हजार आम्दानी भएको थियो । सो अवधिमा पार्किङबाट ११ करोड ३५ लाख ३ हजार जम्मा भएको थियो । साथै ग्राउण्ड ह्याण्डलिङबाट भएको आम्दानीको १२ प्रतिशत विमानस्थलले पाउँछ ।

गत आवमा ग्राउण्ड ह्याण्लिङको आम्दानीबाट ४७ करोड ५० लाख ४९ हजार रकम विमानस्थलको नाममा आएको थियो । भूकम्पले देशको आन्तरिक पर्यटनमा नकारात्मक असर परेपनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आम्दानी भने बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL