Logo

काठमाडौ महानगरले सार्वजनिक गर्यो नयाँ सम्पत्ति कर, अब कसले कति तिर्नुपर्छ (सुचिसहित)

काठमाडौ महानगरले सार्वजनिक गर्यो नयाँ सम्पत्ति कर, अब कसले कति तिर्नुपर्छ (सुचिसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र बस्ने मानिसहरुले तिर्नुपर्ने नयाँ करको विवरण सार्वजनिक गरेको छ । बुधबार आर्थिक वर्ष २०७७र७८ को बजेटसँगै सार्वजनिक गरिएको आर्थिक विधेयकमा महानगरवासीहरुसँग असुल गर्नुपर्ने नयाँ करको दर सार्वजनिक गरेको हो ।

laxmi

महानगरको आर्थिक विधेयक अनुसार यदी कुनै महानगरवासीसँग १ करोड रुपैयाँ मूल्य बराबरको घर वा जग्गा छ भने उसले उक्त घर वा जग्गाको मूल्यको ० दशमल ०१० प्रतिशत अर्थात् १ हजार रुपैयाँ सम्पत्ति करबापत तिरे पुग्नेछ ।

यस्तै २ करोडको घरजग्गा छ भने २५ सय, ३ करोडको छ भने ४५ सय, ४ करोडको छ भने ८५ सय, ५ करोडको छ भने १४ हजार ५ सय, ६ करोडको छ भने २४ हजार ५ सय, ८ करोडको छ भने ८४ हजार ५ सय, १० करोडको छ भने १ लाख ७४ हजार रुपैयाँ सम्पत्ति कर तिर्नुपर्ने महानगरको आर्थिक विधेयकमा उल्लेख छ ।

यस्तै १० करोड रुपैयाँभन्दा माथि मूल्य पर्ने समपत्ति छ भने जतिसुकै भएपनि मूल्यको ० दशमलव ६० प्रतिशत कर तिर्नुपर्ने महानगरको आर्थिक विधेयकमा उल्लेख छ ।

यस्तो छ महानगरले लिने सम्पत्ती करको नयाँ विवरण :

प्रतिक्रिया दिनुहोस्
MBL