Logo

कोरोनाबाट बच्न साबुन पानीले हात धोएर मात्रै हुँदैन, यसरी सुकाउनु पनि पर्छ

कोरोनाबाट बच्न साबुन पानीले हात धोएर मात्रै हुँदैन, यसरी सुकाउनु पनि पर्छ



काठमाडौं । पछिल्लो समय विश्वमा दैनिकजसो कोरोना संक्रमितहरुको संख्या बढ्दै छ । विश्व स्वस्थ्य संगठनले मानिसहरुलाई राम्रो सँग हात धुनलाई आह्वान गरिरहेको छ । अल्कोहलले होस या साबुनपानीले होस सफासँग हात धुनलाई आह्वान गरिरहेको छ । जसका कारण हाम्रो हातमार्फत भाईरसहरु हाम्रो मुखसम्म नपुगुन भन्नका लागि हामीले यस्तो गर्नु जरुरी पनि छ ।

laxmi

तपाईँले हात धुँदा हात धुने फर्म्यालिटी पुरा गरेर मात्रै हुँदैन, हात धुने सावुन पानी वा अल्कोहल पनि त्यही अनुसारको हुनुपर्दछ । हात धुँदा कम्तिमा पनि २० सेकेण्ड जति रगड्नुपर्छ भन्ने मान्यता छ । साबुनपानीले हात धुनु भनेको हातमा भएका किटाणुहरु नष्ट गर्नु हो । यस्तै हात सफा गर्नु भनेको अर्को शब्दमा भन्दा हात सुक्खा बनाउनु पनि हो ।

एक अध्ययनका अनुसार हात सुकाउनु भनेको ब्याक्टेरियालाई रोक्नु मात्रै नभएर वातावरणिय रुपमा पनि राम्रो मानिन्छ । तपाईले आफ्नो हात सुक्खा बनाएर मात्रै हुँदैन । कसरी हात सुक्का गराउनुपर्छ भन्ने कुराले पनि मान्यता राख्छ । यो अस्पतालमा अपरेसन जत्तिकै आवश्यक हो ।

अध्ययनका अनुसार तपाइँको हात सुक्खा पार्ने खासगरी २ प्रकारका तरिका छन । जस्तै हट एयर ह्याण्ड ड्रायरले र टाबेलमा रगडेर पनि हात सुक्खा पार्न सकिन्छ । पुनः प्रयोग गर्न मिल्ने कागज अर्थात न्याप्कीन पेपरले हात सुकाउनु भने महत्वपुर्ण मानिन्छ । हट एयर ह्याण्ड ड्रायरहरु अस्पतामा आवश्यक मानिदैन ।

यसले हावामा भएका किटाणुहरु मिसिन्छन । यस्तै टाबेलले पनि हातमा भएका व्याक्टेरिया हटाउनुको सट्टा झन हातमा टसाउँने काम गर्छ । खासगरी अस्पतालमा हात धुनु भनेको सार्वजनिक सौचालयमा हात धुनुभन्दा राम्रो मानिन्छ । सार्वजनिक शौचालयमा हात धुनु भनेको ब्याक्टेरियाहरुको प्रमुख स्रोत मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL