Logo

चार दिनपछि निगमको जहाज नारिता उड्दै, रातको १ बजे हुनेछ काठमाडौंबाट १५ घण्टे उडान

चार दिनपछि निगमको जहाज नारिता उड्दै, रातको १ बजे हुनेछ काठमाडौंबाट १५ घण्टे उडान



काठमाडौं । नेपाल बायुसेवा निगम जापानको नारिता उडान गर्ने अन्तिम तयारीमा रहेको छ । निगमका अनुसार अबको ४ दिनपछि निगमको जहाजले जापानको नारिता शहरमा नियमित उडान शुरु गर्दैछ ।

पहिलो उडानका लागि हालसम्मा १ सय ६६ जनाले टिकट खरिद गरिसकेको निगमकी प्रवक्ता अर्चना खडकाले जानकारी दिइन । उनका अनुसार काठमाडौ जापानको लागि १ सय ६६ जना र जापान काठमाडौंका लागि २ सय ५२ जनाले टिकट खरिद गरिसकेका छन् ।

त्यस्तै दोस्रो उडानका लागि काठमाडौं–जापान ६० जना र जापान–काठमाडौं २ सय २६ जनाले बुकिङ गरिसकेका छन् भने तेस्रो उडानको लागि काठमाडौं–जापान ६५ जना र जापान–काठमाडौं २ सय २२ जना यात्रुले टिकट बुकिङ गरिसकेका छन् ।

जापानको नारिता विमानस्थलमा उडान सुरु भएसँगै निगमले हाल उडान गरिरहेको जापानकै अर्को गन्तब्य ओसाका उडान भने पूर्णरुपले बन्द हुनेछ । निगमले नारितामा हप्तामा ३ दिन सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । निगमले नारितामा २६ सेप्टेम्बरदेखी चार्टर उडान गर्दै आएको थियो । तर १९ गतेदेखि भने नियमित उडान गर्न लागेको हो ।

यसअघि जापान सिभिल एभिएसन ब्युरो (जेक्याप) ले निगमलाई उडान अनुमति दिए पनि अन्तिम स्वीकृति भने दिएको थिएन । अहिले अन्तिम स्वीकृतिसमेत आईसकेको निगमले जानकारी दिएको छ । अन्तिम स्वीकृति नआए पनि निगमलाई जेक्यावले टिकट बुकिङ खुला गर्न अनुमति दिएकाले टिकट बिक्री गर्दै आएको थियो ।

निगमले काठमाडौंबाट नारिता सीधा उडान एकतर्फीको ४० हजार र दुईतर्फी ८० हजार रुपैयाँमा टिकट बिक्री गर्दै आईरहेको छ । निगमले जापानको नारिता शहरको लागि काठमाडौंबाट रातको १ बजे उडान गर्ने छ । करिब १५ घण्टाको नारिता उडान ओसाकाभन्दा आधा घण्टामात्रै लामो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL