Logo

पेट्रोलियम पाईपलाईनका लागि समिति गठन, एक साताभित्रै निर्माण र सञ्चालनको कार्यविधि बन्ने

पेट्रोलियम पाईपलाईनका लागि समिति गठन, एक साताभित्रै निर्माण र सञ्चालनको कार्यविधि बन्ने


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता,
काठमाडौं । रक्सौंल–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन निर्माण तथा सञ्चालनको कार्यविधि बनाउन समिति गठन गरिएको छ । भारतीय पेट्रोलियम मन्त्रालयका अतिरिक्त सविच राजिव कुमार र नेपालको वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव जिवराज कोइरालाको नेतृत्वमा शनिवार भएको द्विपक्षीय छलफलपछि समिति गठन गरिएको हो ।
समितिमा नेपाल आयल निगमका ३ जना र इण्डियन आयल कर्पोरेशनका २ जना प्रतिनिधि रहको छन् । समितिले आईतवारदेखिनै काम शुरु गर्ने निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले बताए । समितिले पाईपलाईनको रुट, लगानीको रकम, निर्माणको प्राविधिक पक्ष र सञ्चालनको कार्यविधि सहितको प्रतिवेदन तयार पार्ने छ ।
उक्त समितिले एक साताभित्रै पाईपलाईनको निर्माणका प्राविधिक पक्ष र सञ्चालनको कार्यविधि सहितको एक प्रतिवेदन बुझाउने छ । सोही प्रतिवेदनको आधारमा पाईपलाईन निर्माण अघि बढाईने उनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL