Logo

रहेनन पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, आजै दाहसंस्कार गरिँदै

रहेनन पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, आजै दाहसंस्कार गरिँदै



काठमाडौं । पुर्वअर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । शनिबार राती ९ः३५ बजे काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा ८३ बर्षको उमेरमा उनको निधन भएको हो ।

आफ्नो गाउँ आफै बनाउँ, वृद्धभत्ता लगायतका कार्यहरु गरेका उनको पार्थिव शरिलाई आजै दाहसंस्कार गरिँदैछ । काठमाडौंकै आर्यघाटमा दाहसंस्कार गर्नुअघि उनलाई नेकपा पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धान्जलीका लागि राखिएको छ । उनी पूर्व अर्थमन्त्री तथा उपप्रधानमन्त्री मात्रै नभएर अर्थतन्त्रका विज्ञ समेत थिए ।

उनले २०५१ मा नेकपा (एमाले)का तत्कालीन अध्यक्ष तथा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पहिलो जननिर्वा्चित कम्युनिष्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको बजेटमा सर्वप्रथम ‘ज्येष्ठ नागरिक भत्ता’, ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, ‘नौ स’ अभियानजस्ता जनप्रिय र लोककल्याणकारी कार्यक्रम थालनी गरेका थिए । उनले अर्थशास्त्रमा स्नातकोत्तर सम्म गरेका थिए ।

नेपालको संविधान २०४७ को मस्यौदा गर्न र नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता सम्पन्न गर्न उनको महत्वपूर्ण योगदान रहेको थियो ।

सत्तारुढ दल नेकपाले उनको र मन्त्री रविन्द्र अधिकारीको शोकशभा भने संयुक्त रुपमा फागुन २३ गते गर्ने जानकारी दिएको छ । उनको पार्थिव शरिरलाई आज मध्यान्ह १२ बजेसम्म श्रद्धान्जलीका लागि राख्ने तथा १२ बजे पशुपती आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्