Logo

महानगरको आग्रह-चाडपर्वमा दूध र दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिनु

महानगरको आग्रह-चाडपर्वमा दूध र दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिनु



काठमाडौँ । काठमाडौँ महानगरले चाडपर्वको समयमा दूध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिन आग्रह गरेको छ । महानगरको कृषि तथा पशुपन्छी विभागले चाडबाडको समयमा दुग्धजन्य वस्तुको अत्यधिक खपत हुने भएकाले त्यसको गुणस्तरमा ख्याल गर्न आग्रह गरेको हो ।

विशेष गरी बालबालिका र वृद्धवृद्धाले बढी दूधजन्य वस्तु उपभोग गर्ने भएकाले उक्त समूह सबैभन्दा जोखिममा पर्ने भन्दै स्वच्छतामा ध्यान दिनुपर्ने विभागको भनाइ छ । महानगरले उपभोक्ताको हितका लागि खाद्य स्वच्छता कायम राख्न विविध कार्यक्रम गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार दूषित खानपानका कारण विश्वभर करिब ६० करोड मानिस बिरामी पर्ने र वार्षिक चार लाख २० हजारको मृत्यु हुने गरेको छ । त्यसैले रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने विज्ञहरूले सुझाव दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्