Logo

मन्त्री अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइयो, पोष्टमार्टमका लागि टिचिङ् अस्पतालमा

मन्त्री अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइयो, पोष्टमार्टमका लागि टिचिङ् अस्पतालमा



काठमाडौं । बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइएको छ ।

केही बेर अघि मात्र मन्त्री अधिकारी सहित सातै जनाको शक नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाईएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

बिहान बर्षात र हिमपातको कारणले काठमाडौं पठाउन सकिएको थिएन,’ उनले भने, ‘भर्खरै मात्र नेपाली सेनाको एमआई १७ मार्फत सातै जनाको शव काठमाडौं पठाइएको छ ।’

सातै जनको शवलाई पोष्टमार्टकका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा लगिने छ । पोर्टमार्टम पछि मन्त्री अधिकारीको शवलाई नेकपा पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ भने सम्मानका लागि खुलामञ्चमा राखिने भएको छ ।

तर, उनको अन्तिम श्रद्धाञ्जलीको लागि गृह जिल्ला कास्की लगिनेछ ।

प्रतिक्रिया दिनुहोस्