काठमाडौं । मौसम खराब हुँदा एयर डाइनेष्टीको हेलिकप्टरमा दुर्घटनामा परी निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याउन सकिएको छैन ।
दुघटनामा परी मृत्यु भएका सब जनाको शव नेपाली सेनाद्धारा उद्धार गरी सुकेटार विमानस्थलमामा ल्याएर काठमाडौं पठाउनका लागि सम्पूर्ण प्रक्रिया पुरा गरेपनि मौसम खराबका कारण पठाउन नसकिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
‘अहिले सातै जनाको शव सुकेटार विमानस्थलमा राखिएको छ,’ उनले भने, ‘सम्पूर्ण तयारी पुरा भएकाले मौसम सफा हुने वित्तीकै काठमाडौं पठाउनेछौं ।’