Logo

हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन, बिहीबार राष्ट्रिय शोक घोषणा

हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन, बिहीबार राष्ट्रिय शोक घोषणा



काठमाडौं । सरकारले आज भएको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । आज ताप्लेजुङमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएसँगै सोको छानविन गर्न सरकारले समिति गठन गरेको हो ।

बुधबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको हो । समितिमा सहायक रथी दिपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन ।

यसैगरी सरकारले पर्यटनमन्त्री अधिकारीको निधनमा भोली (बिहीबार) राष्ट्रिय शोकको घोषणा गरेको छ ।

हेलिकप्टर दुर्घटना भएसँगै आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठकले मन्त्री अधिकारीको निधनमा भोली राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । जसअनुसार देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिई आधा झण्डा झुकाइनेछ ।

प्रतिक्रिया दिनुहोस्