Logo

ट्राफिक जाम न्यनिकरण गर्न ‘पिक एन्ड ड्रप’ नियम लागु गरिँदै, यात्रु कुरेर बस्न नपाईने

ट्राफिक जाम न्यनिकरण गर्न ‘पिक एन्ड ड्रप’ नियम लागु गरिँदै, यात्रु कुरेर बस्न नपाईने



काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा हुने सवारी जामलाई नियन्त्रण गर्न ‘पिक एन्ड ड्रप’ नियम लागु गर्ने भएको छ । कामपाले सवारी जामलाई न्युनिकरण गर्न सकिने भन्दै पिक एन्ड ड्रप नियम लागु गर्ने भएको हो ।

बिहीबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कामपाका मेयर विद्यासुन्दर शाक्यले हाल काठमाडौंमा सवारीको संख्या बढेसँगै सवारी जाम पनि उत्तिकै बढेको हुनाले सार्वजनिक सवारीसाधनहरु यात्रु कुरेर बस्न नपाउने व्यवस्था ल्याएको बताए ।

उनले पुस १ गतेदेखि लागु हुने गरी उक्त नियम ल्याएको र सो दिनदेखि कुनै पनि सार्वजनिक सवारीसाधनहरुले आफ्नो स्टेशनमा यात्रुहरु नकुरी भएका यात्रु लिने र जाने नियम ल्याएको बताए । ‘यातायात व्यबस्था विभाग, ट्राफिक प्रहरी महाशाखा तथा सडक विभागसँगको सहकार्यमा उक्त नियम ल्याएका हौं,’ उनले भने, ‘यो नियम हाल काठमाडौंको रिङरोडभित्र धेरै जाम हुने स्थानमा लागु गर्ने र पछि त्यसलाई विस्तार गर्ने योजना बनाएका छौं ।’

कामपाले हाल जमल, सुन्धारा, माईतिघर, घण्टाघर लगायतका क्षेत्रमा सवारीलाई पिक एन्ड ड्रप को नियम लागु गर्न लागेको हो । यो नियम लागु भएपछि सार्वजनिक सवारीसाधनहरुले आफ्नो स्टेशनमा भएजती यात्रु बोकेर लैजाने र अन्य यात्रुका लागि पर्खन नपाउने भएका छन ।

मेयर शाक्यले उक्त नियमले यात्रुहरु पनि पुग्नुपर्ने स्थानमा भनेको समयमा पुग्ने विद्यार्थीलाई पनि सहज हुने बताए । यस्तै उनले सवारी जामले गर्दा पेट्रोलियम पदार्थको बचावटमा हुँदै आएको समस्या पनि समाधान हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL