Logo

तत्कालिन किष्ट बैंकका नायब महाप्रबन्धक घर्ती र श्रेष्ठ पक्राउ

तत्कालिन किष्ट बैंकका नायब महाप्रबन्धक घर्ती र श्रेष्ठ पक्राउ



काठमाडौं । बैंकिङ कसुरको आरोपमा तत्कालिन किष्ट बैंकका नायव महाप्रवन्धक बीएन घर्ती र प्रवीण श्रेष्ठ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले बिहीबार उनीहरु २ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको जानकारी दिएको छ । किष्ट बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको सिआइवीले जानकारी दिएको छ ।

पाटनस्थित पुनरावेदन अदालतले बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक सहित आठ जनालाई कैद र जरिवानाको फैसला गरेको थियो ।

सिआइवीले गत असोज १९ गते किष्ट बैंकका तत्कालिन सिइओ ज्ञवालीलाई भारतबाट पक्राउ गरेको थियो । ज्ञवालीले कमसल धितो राखी १४ करोड रुपैयाँ घोटाला गरिएको अदालतले ठहर गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL