Logo

‘टोयोटा ड्रिम अ कार आर्ट कन्स्टेष्ट’को विजेता घोषण, विजेतालाई जापान लगिने

‘टोयोटा ड्रिम अ कार आर्ट कन्स्टेष्ट’को विजेता घोषण, विजेतालाई जापान लगिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ फागुन, काठमाडौं । टोयोटा ड्रिम अ कार आर्ट कन्स्टेष्टको विजेता घोषण भएको छ । वैद्य्ज अर्गनाईजेशन अफ ईन्डष्ट्रिज एण्ड टेडिङ हाउसको सहायक कम्पनी यूनाईटेड टे«डर्स सिण्डिकेटले ३ वटा उमेर समुहमा उक्त आयोजना गराएको थियो ।

उक्त आयोजनाको ८ वर्षभन्दा कम उमेर समुहमा मोर्डन इण्डियन स्कुलमा आर्यन सर्ज प्रथम भएका छन् । यस्तै, दोस्रोमा उर्जा रानामगर भएका छन् भने तेस्रोमा केभीसी स्कुलमा प्रभास वज्राचार्य भएका छन् ।

कम्पनीले गराएको ८ देखि ११ वर्ष उमेर समुहमा देव सरावगी प्रथम भएका छन् । सोही समुहको दोस्रोमा सुभतार स्कुलको अञ्जली केडिया द्धितिय भएकी छिन् भने त्रितियमा मोर्डन इण्यिन स्कुलमा खुशी सर्ज रहेकी छिन् ।

toyota-dreams-your-car-1

१२ देखि १५ वर्ष समुहमा पाठहाला स्कुलमा अनुनय पराजुली प्रथप भएका छन् । सो समुहमा सैनिक आवाशिय माध्यामिक विद्यालयका सन्तोष भट्ट द्धितिय भएका छन् भने त्रियोग स्कुलमा इनुसा पौडेल त्रितिय भएकी छिन् ।

उक्त प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी, द्धितिय हुनेले १० हजार रुपैयाँ र त्रितिय हुनेले नगद रु. ५ हजार प्राप्त गरेका छन् ।

सो कार्यक्रममा ३० भन्दा बढि विद्यालयका १५ वर्षमूनिका विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगिताका लागि करिब १ हाजार वटा कलाचित्रहरु आएका थिए । कला प्रतियोगिताको मूख्य विषय ‘योर ड्रिम कार’ (तपाईँको सपनाको कार) भन्ने रहेको थियो ।

toyota-dreams-your-car-2

चित्रकला प्रतियोगिताको निर्णायकहमा व्यवसायिक कलाकार सन्त कुमार राई भिज्वल आर्टिस प्रमिला बज्रचार्य रहेका थिए । सो प्रतियोगितामा छनौट भएमा बालबालिका र उनीहरुका अभिभावकलाई जापानमा हुने फाइनल कला प्रतियोगितामा सहभागि गराइेनछ । त्यसको लागि लाग्ने खर्च टोयोटा मोटर कर्पोरेशनले प्रदान गर्नेछ ।

टोयोटा मोटर्स कर्पोरेशन जापानले नेपालसहित विश्वका ७७ मुलुक तथा क्षेत्रहरुमा यो कार्यक्रम आयोजना गरिरहेको छ । ती देशहरुबाट छनौटमा परेका उत्कृष्ट चित्रकलाले जापानमा यहि वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई प्रतिस्पर्धाद्धारा स्वर्ण, कास्य र रजत पदकका लागि चयन गरिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL