Logo

कालीगण्डकीलाई विदेशी ऋण लिने बाटो खुल्यो, पूँजी बृद्धि प्रस्ताव पनि स्वीकृत

कालीगण्डकीलाई विदेशी ऋण लिने बाटो खुल्यो, पूँजी बृद्धि प्रस्ताव पनि स्वीकृत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

३ फागुन, काठमाडौं । औद्योगिक प्रवद्र्धन बोर्डले विभिन्न जलविद्युत कम्पनीहरुको पूँजी बृद्धि र ऋण सम्झौता गर्न दिने भएको छ । उद्योग मन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको बोर्डको २ सय १४औं बैठकले काली गण्डकी अपर हाइड्रो प्रोजेक्ट र एस्सेल क्लिन हाइड्रो पावर प्रालिको पूँजी बृद्धि र ऋण सम्झौताका विषयमा औद्योगिक प्रवद्र्धन बोर्डले निणर्य गरेको हो ।

साथै एस्सेल क्लिन हाइड्रो पावर प्रालि र सिनोहाइड्रो होल्डिङ लिमिटेडको विदेशी लगानी प्रस्ताव स्वीकृत गरेको छ ।

कालिगण्डकीमा स्थापना गर्न लागिएको उद्योगमा विदेशी पक्षको ९२ र स्वदेशीको ८ प्रतिशत लगानीको आवेदन स्वीकृत गरेको हो । चाइनाको सिनोहाइड्रो होल्डिङ र नेपालको ट्रेडलिङ्क ग्लोवलले संयुक्त रुपमा काली गण्डकीमा बनाउन लागिएको ६५ मेवाको जलविद्युत उत्पादन गर्न लागेको छ ।

साथै बैठकले सोलुखुम्बुको गर्मा र तिलङ्गा गाविसमा ४० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्न लागेको एस्सेल प्रालिको पुँजी र क्षमता बृद्धि गर्न तथा उद्योग सञ्चालनको लागि आवश्यक रु. १३ अर्व सो कम्पनी र विदेश स्थित विभिन्न कम्पनीहरुबाट ऋण लिने सम्झौताका लागि पनि स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले मादी पावर प्रालिको ऋण सम्भौता संशोधनको स्वीकृति गरेको छ । साथै तनहुँको आबुखैरेनीमा रहेको अवनिश डिस्टिलरी प्रालिको पुँजी तथा क्षमता बृद्धि र मकवानपुरको हेटौडा औद्योगिक क्षेत्रमा रहेको युनाइटेड ब्रुअरीज नेपाल प्रालीको पुँजी तथा क्षमता बृद्धि सम्बन्धमा स्वीकृति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL