Logo

५ अंकले बढ्यो नेप्से, ३२ करोडको कारोवार

५ अंकले बढ्यो नेप्से, ३२ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ फागुन,काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ५ दशमलव ३६ अंकले बढेको छ । सेयर बजार ९ सय ८९ अंकमा पुगेर बन्द भएको हो ।

आइतवार होटल समूह, फाइनान्स,बीमा तथा अन्य समूहको परिसुचक बढेको छ । जसमध्ये बीमा समूहको परिसुचक सवैभन्दा बढी ९९ दशमलव ४८ अंकले बढेको छ । त्यस्तै विकास बैंकतर्फ ११ दशमलव ८३, होटल समूहको १५ दशमलव ७६, फाइनान्स ६ दशमलव ३६, र अन्य समूह्को ४ दशमलव ७ अंकले बढेको छ ।

यता सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक तथा जलविद्युत समूहको परिसुचक भने बढेको छ । बैंक समूह्को परिसुचक ० दशमलव १५ र जलविद्युत समूहको ११ दशमलव ३६ अंकले घटेको छ ।

सो दिन १ सय ४९ कम्पनीको २ करोड ६७ लाख कित्ता सेयर किनबेचबाट ३२ करोड ५६ लाखको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL