Logo

सामान्य बढ्यो नेप्से, २२ करोडको कारोवार

सामान्य बढ्यो नेप्से, २२ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२८ माघ,काठमाडौं । बुधवार नेप्से परिसुचक  ० दशमलव ४७ अंकले  बढेको छ । मंगलवार ० दशमलव १६ अंकले घटेको सेयर  बजार ९ सय ८१ अंकमा पुगेर  बन्द भएको छ ।

बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंक समूहको शेयर भने बढेको छ । बैंकिङ सुमहको परिसुचक १ दशमलव ३५ अंकले बढेको छ । त्यस्तै होटल, विकास बैंक,फाइनान्स,बीमा तथा उत्पादन समूहको परिसुचक क्रमशः १ दशमलव ७१,३ दशमलव ७, १ दशमलव २४,६ दशमलव ७३ र ८ दशमलव २७ अंकले बढेको छ ।

यता जलविद्युत र अन्य समूहको परिसुचक भने १ दशमलव ३७ र ९ दशमलव ४ अंकले घटेको छ ।

१ सय ४४ कम्पनीको ५ लाख ६५ हजार कित्ता शेयर बाट  जम्मा  २२ करोड ७० लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL