Logo

सामान्य घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट

सामान्य घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ माघ,काठमाडौं । मंगलवार नेप्से परिसुचक ० दशमलव १६ अंकले घटेको छ । ९ सय ८० विन्दुबाट खुलेको शेयर बजार ९ सय ८० दशमलव ५४ विन्दुमा पुगेर बन्द भएको छ ।

बजारमा प्रभाव पार्ने बैंक तथा जलविद्युत समूहकको नेप्से परिसुचक घटेको छ । मंगलवार बैंकतर्फ १ दशमलव ९५ अंकले बटेको छ । त्यस्तै विकास बैंकको ० दशमलव ३९,जलविद्युतको १५ दशमलव २, उत्पादनसमुहको ८ दशमलव ४ र फाइनानस समूहको परिसुचक ० दशमलव ६५ अंकले घटेको छ ।

यता होटल समुह बीम तथा अन्य समूहको परिसुचक भने क्रमशः १० दशमलव ६५,११ दशमलव ४५ र ९ दशमलव ४ अंकले बढेको छ ।

बजारमा जम्मा २५ करोड ५२ लाखको कारोवार भएको छ । १ सय ४७ कम्पनीको ५ लाख ४३ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL