Logo

साकोस शिखर गोष्ठी शुरु, ४ महिनाभित्र संविधान जारी हुने उप्रधानमन्त्री गौतमको दावी

साकोस शिखर गोष्ठी शुरु, ४ महिनाभित्र संविधान जारी हुने उप्रधानमन्त्री गौतमको दावी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

उप—प्रधान तथा गृह मन्त्री बामदेव गौतमले आगामी ४ महिना भित्र जसरी भएपनि संविधान जारी गरिने बताए ।

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेप्mस्कून) ले आयोजना गरेको दुई दिने दोस्रो साकोस शिखर गोष्ठीको उद्घाटन गर्दैे आम नेपाली जनताले अपनत्व महशुस हुने गरी संघिय लोकतान्त्रीक संविधान जारी गर्ने उनले बताए ।
साथै, संविधान निमार्णको कार्य प्रारम्भ भैसकेकोले सवै राजनीतिक दलहरु सहमति भए सहमतिमा र नभए अधिकतम सहमतिमा संविधान जारी हुने उनको भनाइ थियो ।

राजनीतिक अन्यौलताका कारण देशमा कलकारखना एंव उद्योग धन्दाहरु राम्रोसंग फस्टाउन नसकेको भन्दै उनले संविधान जारी गरी छिट्टै देशलाई आर्र्थिक समृद्धितर्फ उन्मुख गराउनुपर्ने बताए ।
देशको अर्थतन्त्रमा सहकारीले खेलेको भूमिका उल्लेख्य रहेको भन्दै आर्थिक र सामाजिक परिवर्तनसंगै उत्पादनमा जोड दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL