Logo

सरकारले १७ जनालाई सचिवमा बढुवा गर्यो, २५ जना बाहिरीए

सरकारले १७ जनालाई सचिवमा बढुवा गर्यो, २५ जना बाहिरीए


रामराजा श्रेष्ठ
0
Shares

बिजखर संवाददाता

२२ माघ, काठमाडौं । बिहीबार बसेको मन्त्रीपरिषद्को बैंठकले १७ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सो बैडकले श्रीधर सापकोटा, टंकमणि शर्मा, सुरेशप्रसाद आचार्य, प्रेमकुमार राई, खुमराज पुञ्जाली, बिजयकुमार मल्लिक, दिनेश थपलिया र नवराज भण्डारीलाई सचिवमा बढुवा गरेको हो ।

त्यसैगरी लक्ष्मणप्रसाद मैनाली, शरदराज विष्ट, ईश्वरीप्रसाद पौडेल, गजेन्द्र ठाकुर, सुनिलबहादुर मल्ल, ईश्वरराज श्रेष्ठ, रामकुमार आचार्य र राजन खनाल पनि सचिवमा बढुवा भएका छन् ।

वढुवा भएका मध्ये सुनिलबहादुर मल्ललाई सूचना तथा सञ्चार मन्त्रालयमा, विजयकुमार मल्लिकलाई मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा, ईश्वरीप्रसाद पौडेललाई जल तथा उर्जा आयोगमा र रमेशकुमार शर्मालाई राष्ट्रिय सतकर्ता केन्द्रमा जिम्मेवारी तोकिएको छ । यसैगरी दिनेशकुमार थपलीया पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा, खुमराज पुन्जालीलाई शान्ति मन्त्रालयमा, टंकमणी शर्मालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा, प्रेमकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।

उक्त सचिव बढुवाका लागि लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमी नेतृत्वको बढुवा सिफारिस समितिले १७  पदका लागि ४२ जनाको सहसचिवको नाम सिफारिस गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL