काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य नयाँ रेकर्ड नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज २ हजार १ सय रुपैयाँले बढ्दै १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि मंगलबार प्रतितोला २ हजार ३ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला २ हजार ३ सय ५० रुपैयाँ कायम भएको हो ।